
म्याग्दी, पुस ६ । म्याग्दीको सव–डिभिजन वन कार्यालयका एक जना अधिकृत घुस लिएको रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराको टोलीले बेनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यालयका वनअधिकृत राजकुमार ठाकुरलाई घुससहित पक्राउ गरेको हो । उनलाई घुस लिएको ३४ हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
कार्यालयको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा उनी समातिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्