नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बाहेक अन्य दलका उम्मेदवारको जमानत जफत भएको हो । जमानत जफत भएपछि ती उम्मेदवारबाट १ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
कार्यालयका निर्वाचन अधिकारी धु्रवकुमार राईका अनुसार खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने गर्दछ ।
प्रतिनिधिसभातर्फ पाँचथरमा जमानत जफत हुने उम्मेदवारहरुमा मंगोल नेशनल अर्गनाइजेशनका टोमराज थाम्सुहाङ, नयाँशक्ति पाटी नेपालका दिलबहादुर लावती, नेकपा मालेका दिनानाथ घिमिरे, संघीय समाजवादी फोरम नेपालका प्रेमराज लावती, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बु, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका शान्ति माया लिम्बु शिगु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङ रहेका छन् ।
त्यसैगरी प्रदेशसभातर्फ पाँचथरको (ख) क्षेत्रबाट लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपेन्द्र चेम्जोङ, जनसमाजवादी पाटी नेपालका भिम बहादुर तामाङ, नयाँशक्ति पाटी नेपालका नगेन्द्र प्रसाद नेम्वाङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छा बहादुर चेम्जोङ, मंगोल नेशनल अर्गनाइजेशनका राम कुमार तुम्रोक, संघीय समाजवादी फोरम नेपालका एबीराज आङदेम्बेको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै प्रदेशको (क) क्षेत्रमा संघीय समाजवादी फोरम नेपालका बिर्ख बहादुर वाइबा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हर्कजंग लिङदेन, नेपाल कम्यूनिष्ट पार्टीका प्रिय प्रकाश रिमाल, मंगोल नेशनल अर्गनाइजेशनका किरण थाम्सुहाङ, एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटी राष्ट्रवादीका नेत्र प्रसाद पोख्रेलको जमानत जफत भएको हो ।
पाँचथरमा कुल खसेको ७७ हजार ९ सय १३ मतमा १० प्रतिशत अर्थात ७ हजार ७ सय ९१ मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी राईले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्