२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


चितवनमा समानुपातिकतर्फ एमाले पहिलो, विवेकशील साझा चौथो


0
Shares

शुक्रबार सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ ।

यस्तै, दोस्रो दल बनेको नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९३६ मत प्राप्त गरेको छ ।

यसैगरी, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४२ हजार ८५१ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४३ हजार ६२२ मत प्राप्त गरेको छ ।

त्यस्तै, विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ ९ हजार ७०७ र प्रदेशसभातर्फ ९ हजार ४५८ मत प्राप्त गरेको छ ।

चितवनमा पाँचौं दलकोरुपमा राप्रपा प्रजातान्त्रिक आएको छ । उसले प्रतिनिधिसभातर्फ ६ हजार ७५० र प्रदेशसभातर्फ सात हजार २४४ मत प्राप्त गरेको छ ।

चितवनमा कुल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । समानुपातिकतर्फ दुई लाख ६० हजार ८३२ मत खसेको थियो भने १५ हजार ३९० मत बदर भएको छ ।

क्षेत्र नम्बर–१ मा ८९ हजार ६२१ मत खसेकोमा चार हजार ९२८ मत बदर भएको छ ।

क्षेत्र नम्बर–२ मा ७६ हजार ७८१ मत खसेकोमा तीन हजार ८०७ मत बदर भएको छ भने क्षेत्र नम्बर–३ मा ९३ हजार ८२३ मत खसेकोमा ६ हजार ६५५ मत बदर भएको छ । रासस