राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए ।
राष्ट्रपतिलाई भेट्नुअघि अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विकसित पछिल्लो राजनीतिक परिस्थिति र आगामी दिशाबारे छलफल गरेका थिए ।
यसअघि, बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष भेट गरी निर्वाचनपछिको राजनीतिक परिस्थिति र मुलुकको आर्थिक समृद्धिका लागि दलीय सहकार्यलगायत विषयमा कुराकानी गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्