
थाइल्याण्डमा जारी प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो ।
उच्च मनोबल बनाएको नेपालले आज मलेसियालाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्य लिएको छ ।
नेपाल रहेको समूहमा आयोजक थाइल्याण्डसहित हङकङ र म्यानमार रहेका थिए ।
यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।
मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए ।
प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्