थापागाउँ सुधार समितिले आज यहाँ आयोजना गरेको ‘बधाई एवम् धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्याध्येशमार्फत राष्ट्रिय सभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पारे । “काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी सबै कुरा मिलेपछि सरकार छाड्छौँ,”– उनले भने ।
काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका नेता सिंहले काँग्रेस संसदमा जिम्मेवार प्रतिपक्षमा बस्ने उल्लेख गरे । “हामी प्रदेशदेखि केन्द्र सरकारसम्म प्रतिपक्षमा बस्छौँ,”– उनले भने।
उनले संविधान कार्यान्वयनका लागि काँग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्