
प्रधानमन्त्री निवास बालुवाटारमा भएको आज भएको भेटवार्तामा दुई दलका शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्रीसँग भेट गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ सरकार गठनको प्रक्रियाबारे चासो राखेका थिए ।
जवाफमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन मिति तोकेर चुनाव गराउनु आफ्नो दायित्व भएको भन्दै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण गराउन पहल गर्न आग्रह गरे ।
उनले आफू सत्ता हस्तान्तरण गर्न आतुर रहेको भन्दै वातावरण बनाउन अध्यक्ष दाहाललाई सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ ।
अध्यक्ष दाहालले भने राष्ट्रियसभा गठन अगावै पनि सरकार बनाउन सकिने कानुनविद्हरुले बताइरहेको जानकारी गराएका थिए । देउवा र दाहालबीच करिब आधा घण्टा मात्र भेटवार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्