शनिबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सन्चारकर्मीहरुसँग उनले कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
मर्यादित पार्टीले अनुचित व्याख्या गर्नु अशोभनीय हुने अेलीको भनाइ थियो ।
निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको आरोप पनि लगाए । सरकार गठन गर्न राष्ट्रियसभा जरुरी नपर्ने तर्क पनि ओलीले गरे ।
निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्ने भन्दै उनले निर्वाचन आयोग कसैको दबाबमा नभइ संविधान र कानुनअनुसार चल्नुपर्ने बताए ।
सरकारमा जान आफूहरुलाई कुनै हतारो नभएको दाबी गर्दै अध्यक्ष ओलीले जनमतले नै कांग्रेसलाई राजीनामा गराइसकेको टिप्पणी गरे ।









प्रतिक्रिया दिनुहोस्