सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री • Image Khabar Image Khabar


सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री


Imagekhabar
१ पुष २०७४, शनिबार १४:१८

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

नेकपा माओवादीका केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसित शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्राप्त गरेको सफलताका लागि अध्यक्ष दाहाललाई बधाइ दिएको संयोजक परियारले जानकारी दिए ।

सो भेटमा अध्यक्ष दाहालले प्रमुख तीन दलको सहमतिमामात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको संयोजक परियारले बताए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत् नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा संवैधानिक, राजनीतिक र प्रदेशका गभर्नरलगायतका नियुक्ति नगर्न ध्यानाकर्षण गराएको अध्यक्ष दाहालका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए ।

अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रमुख दलकाबीच छलफलका माध्यमबाट निष्कर्ष निकाल्न सकिने भन्दै त्यसका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको प्रेस सहयोगी तिमल्सिनाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्