५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


भेडेटारमा खाना महोत्सव हुने


0
Shares

अंग्रेजी नयाँवर्ष २०१८ को अवसर पारेर पुस १६ गतेदेखि तीन दिनसम्म खाना महोत्सव गर्न लागेको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

२०६८ सालदेखि भेडेटारमा नियमितरुपमा खाना महोत्सव हुँदै आइरहेको छ ।

महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरु प्रदर्शनीमा राखिने आयोजक समितिका संयोजक तथा भेडटार होटल एसोसिएसनका अध्यक्ष लिलाराज लावतीले जानकारी दिए ।

योपटकको महोत्सवमा आउने आगन्तुकहरुलाई पाराग्लाइडिङ माउन्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको छ ।

महोत्सवमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहनेछ ।

महोत्सव अवधिभर भेडेटारका होटलमा खाना र बस्न विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा आउने पर्यटकहरुलाई सागुरीगढी गाउँपालिकाभित्र रहेको साँगुरीगणी, पाथीभारा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार गुम्बा, ध्वाजेडाँडा, अजंगको बरको रुखलगायतका ठाउँमा घुमाइनेछ ।

त्यस्तै, महोत्सवमा मगर, लिम्बू, राई, चौधरी, धिमाल र याक्खा जातिको साँस्कृतिक झाँकीकोसमेत मनोरन्जन लिनसकिने जनाइएको छ ।