२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


खोटाङमा २६ हजार बढी मत बदर


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ खसेको मतको नतिजाअनुसार २६ हजार ३५७ मत बदर भएको पाइएको हो ।

प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ चार हजार ३५५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ १० हजार ५४६ मत बदर भएको छ ।

मुख्य निर्वाचन अधिकृत घिमिरेकाअनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ ७१ हजार ३११ र समानुपातिकतर्फ ७१ हजार २५४ मत खसेको थियो ।

यस्तै, प्रदेशसभा ‘क’को प्रत्यक्षमा ३६ हजार ५५४ मत खसेकोमा एक हजार ७८१ बदर मत रहेको छ । प्रदेशसभा सदस्य ‘ख’मा ३४ हजार ६९८ मत खसेकोमा एक हजार ८१६ मत बदर भएको छ ।

एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा ७१ हजार ३११ मत खसेको थियो । प्रदेशसभा ‘क’ र ‘ख’मा गरी समानुपातिकतर्फ ७ हजार ८५९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

जिल्लामा सबैभन्दा बढी समानुपातिकतर्फ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा सोचेभन्दा बढी मत बदर भएको जिल्लास्थित राजनीतिक दलहरुको अनुमान छ ।