१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कपिलवस्तु महोत्सवमा अवलोकनकर्ताको भीड


0
Shares

‘एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशीलता’ भन्ने मूल नाराकासाथ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिएको हो ।

मंसिर २३ गतेदेखि सुरु भएको महोत्सवको छैटौं दिनसम्ममा १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको महोत्सव आयोजक संस्था वाणगंगा वेलफेयर सोसाइटीले जनाएको छ ।

आगामी पुस ५ गतेसम्म सन्चालन हुने महोत्सवको अहिलेसम्म झन्डै ७० हजार दर्शकले अवलोकन गरिसकेको महोत्सवका निर्देशक दिनेश क्षत्रीले जानकारी दिए ।

महोत्सव अवधिभर ५ करोड रुपैयाँ बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको जनाइएको छ ।