
काठमाडौं, पुस ५ । किशोरी करणी गरेको आरोपमा प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको छ ।
यसरी अनुसन्धानका लागि पक्राउ परेकामा कैलाली, अत्तरिया नगरपालिका–६ का ३३ वर्षीय डब्बलबहादुर बोहरालगायत पाँचजना रहेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।
धादिङ घर भइ हाल चन्द्रागिरि नगरपालिका बस्ने १५ वर्षीया किशोरीमाथि बुधबार बेलुका जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ ।
चन्द्रगिरि नगरपालिकाको महालक्ष्मीस्थाननजिक ती किशोरीलाई अपरिचित व्यक्तिको समूहले त्रास देखाइ जबर्जस्ती करणी गरेको भन्ने स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्