Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


आर्मी शीर्ष स्थानमा


0
Shares

पोखरा, पुस ५ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी चौथो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबारको खेलमा हेल्प नेपाल उपस्थित नभएपछि स्वतः ३ अंक बटुल्दै आर्मी १५ अंकसहित शीर्ष स्थानमा पुगेको हो ।

त्यस्तै, सशस्त्र प्रहरीको एपीएफ क्लब नेपाल पुलिस क्लबसँग पराजित भएपछि दोस्रो स्थानमा झरेको छ ।

बिहीबार पुलिसले सशस्त्रलाई ३–१ को सेटमा हरायो । पुलिसले खेल २५–१७, २५–२१, २४–२६ र २५–१७ ले जितेको हो ।

अंकतालिकामा सशस्त्र १४ अंकसहित दोस्रो र पुलिस १३ अंकसहित तेस्रो स्थानमा छन् ।

त्यसैगरी, मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले दोस्रो जित निकाल्दै अंकतालिकामा ८ अंक जोडेको छ ।

नयाँबजार सामाजिक युवा क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै ३ अंक जोडेको छ । योसँगै नयाँबजारको ९ अंक पुगेको छ ।