
पहिरोमा परेर १५ जना बेपत्ता भएका छन् । चिलीको दक्षिणी क्षेत्र भिल्ला शान्ता लुसियामा रहेका दर्जनौं घर पहिरोमा पुरिएका हुन् ।
पहिरोका कारण बिजुली आपूर्ति बन्द भएकाले हजारौं सर्वसाधारण अँध्यारोमा बस्न बाध्य छन् । पहिरोमा पुरिएकाको खोजी गर्न सयौं उद्धारकर्मी परिचालन गरिएको छ ।
अझैै केही दिन बर्षा जारी रहने मौसमविद्हरुले जनाएका छन् । पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
राष्ट्रपति मिजेल बाचेलेटले पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै मुलुकमा संकटकाल घोषणा गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्