
प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडी बधाई दिएको उनका निजी सचिव बद्रीप्रसाद तिवारीले बताए ।
उनका अनुसार प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपाली क्रिकेट खेलाडीले विविध चुनौतीबीच प्राप्त गरेको सफलता प्रशंसायोग्य भएको उल्लेख गरेका थिए ।
थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाउँदै उपाधि जितेको हो । रासस
प्रतिक्रिया दिनुहोस्