
क्वेटा शहरभन्दा ४० किलोमिटर टाढा अफगानिस्तानको सीमामा रहेको एक चर्चमा गराइएको शृंखलाबद्ध विस्फोटमा परी ८ जनाको मृत्य हुनुका साथै अन्य १५ जना घाइते भएका हुन् ।
मानिसहरु प्रार्थनामा रहेको बेला चर्चभित्र जबर्जस्ती प्रवेश गर्न खोजेका दुई जनालाई रोक्ने क्रममा आत्मघाती विस्फोट गराइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
विस्फोटको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । यद्दपी सिया मुसलमान समुदायलाई लक्षित गरी विस्फोट गराइएको अनुमान गरिएको छ । पाकिस्तानमा पछिल्लो समय भएका विस्फोटमा सयौंको ज्यान गइसकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्