बिराज रोस्यारा (इमेज)
कैलाली, पुस ५ । खप्तड गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको मिति तय भएको छ ।
आयोजक सुदूरपश्चिम स्पोर्ट्स–११ क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे विस्तृत् जानकारी गराएको हो ।
सुदूरपश्चिम स्पोर्ट्स–११ का अध्यक्ष सुरेश हमालले यही पुस २४ देखि आगामी माघ ५ गतेसम्म धनगढी रंगशालामा गोल्डकप आयोजना गरिने बताए ।
प्रतियोगितामा विदेशी एक टिम, आयोजक एक, ‘ए’ डिभिजन क्लबका ६ र विभिन्न जिल्लाका क्लबहरुको सहभागिता रहने उनले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद २१ लाख एक रुपैयाँ र उपविजेताले १० लाख एक रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै, प्रतियोगिताको एक उत्कृष्ट खेलाडीलाई एक मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई १५/१५ हजार र प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले १०/१० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कुल एक करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।








प्रतिक्रिया दिनुहोस्