सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चिनियाँ समाज विज्ञान प्रतिष्ठानका अध्यक्ष वाङ वेईक्वानले नेपालका विभिन्न दलका नेता, बुद्धिजीवी, कूटनीतिज्ञ तथा प्रबुद्ध व्यक्तिहरुलाई चिनियाँ दस्तावेजको ‘ब्रिफिङ’ गरेका हुन् ।
दुई महिनाअघि चीनको पेइचिङमा सम्पन्न महाधिवेशनमा चिनियाँ राष्ट्रपति सी चिनफिङबाट प्रस्तुत् चिनियाँ मोडेलको समाजवादसम्बन्धी दस्तावेजलाई प्रस्ट्याउने कोसिस सो अवसरमा गरिएको थियो ।
नेपाली बुद्धिजीवीहरु पश्चिमा मिडियाको रिपोर्टिङबाट प्रभावित भएको आशंकामा उक्त दस्तावेजबारे छलफल आयोजना गरिएको हो ।
सो अवसरमा अध्यक्ष वाङले सन् २०५० सम्ममा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको माध्यमबाट आधुनिक विकास गर्ने लक्ष्य चिनियाँ कम्युनिष्ट पार्टीले लिएको बताए ।
उनले चीनले उक्त विचारधारा लागू गर्न कसैलाई दबाब नदिने स्पस्ट पार्दै विकासमा भने सबैसँग सहकार्य गर्ने पनि बताए ।
अरनिको समाजले उक्त महाधिवेशनको प्रतिवेदन र त्यससँग सम्बन्धित लेखसंग्रह नेपाली र अंग्रेजीमा अनुवाद गरी प्रकाशन गरेको छ ।
समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले अनुवाद गरेको सो संग्रह कार्यक्रममा निःशुल्क वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्