
स्वदेशी छालाका जुत्ता तथा चप्पलको प्रदर्शनीका लागि पूर्वाञ्चलमै पहिलोपल्ट फुटवयर बिजनेस एक्स्पो हुन लागेको हो ।
नेपाली जुत्ताघरले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रर्वद्धन तथा बजारीकरणका लागि विराटनगरमा चुत्ता–चप्पलको मेला आयोजना गर्न लागेको जानकारी गरायो ।
नेपाली जुत्ताघरका निर्देशक हेमनाथ उपाध्ययले स्वदेशमा उत्पादन गरिएका विभिन्न ब्रान्डका जुत्ता–चप्पल मेलामा राखिने जानकारी दिए ।
करिब ५ करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको मेलमा ७० स्टल रहने जनाइएको छ ।
मेलामा स्वदेशी कम्पनीहरुले उत्पादन गरेका चुत्ता–चप्पलमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्