काठमाडौं । एपेक्स लाइफ स्कुल, चावहिलद्धारा आयोजित यु–१२ अन्तर विद्यालय फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
गत आईतबारबाट सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा एपेक्स लाइफ स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर बिद्याश्रम किड्स लर्निङ स्कुल पुग्न सफल भएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल एपेक्स लाइफ स्कुल र अंकुर विद्याश्रम बिच हुने भएको छ भने दोस्रो सेमिफाइनल रेडियन्ट पब्लिक स्कुल र किड्स लर्निङ स्कुल बिच हुनेछ ।
फाइनल र सेमिफाइनल खेल तथा समापन समारोह शुक्रबार हुने एपेक्स लाइफ स्कुलका संयोजक प्रकाश भट्टराईले बताए ।
उक्त कार्यक्रमको समापन तथा पुरस्कार वितरण एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाकोे प्रमुख आतिथ्यमा हुने संयोजक भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा एपेक्स लाइफ स्कुल, युरो स्कूल, किड्स लर्निङ स्कुल, द एक्सलिएर स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर विद्याश्रम, शुभतारा स्कुल, जोसेफ हाई स्कुल, सिद्धार्थ बनस्थली स्कुल, पनिनि स्कुल, मेरिडियन इन्टरनेशनल स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल लगायतका टिमहरुको सहभागिता रहेको छ ।








प्रतिक्रिया दिनुहोस्