१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


१० लाख घुस माग्ने महानिर्देशक पाण्डेविरुद्ध मुद्दा दायर


0
Shares

आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खंगबहादुर केसीले एक म्यानपावरको रोक्का फुकुवा सम्बन्धमा रु १० लाख घुस मागेको अभियोगमा आयोगले प्रक्राउ गरेको थियो ।

म्यानपावर कम्पनीको कामकाज तथा बैंक खातासमेत विभागबाट रोक्का राखेको सम्बन्धमा कम्पनीका तर्फबाट सर्वोच्च अदालमा मुद्दा दायर भई रोक्का फुकुवा गरी नियमानुसार काम गर्नुपर्नेमा सेवाग्राहीसँग घुस मागेको आयोगको ठहर छ ।

आयोगको टोलीले शाखा अधिकृत पौडेल र नासु केसीलाई पहिले पक्राउ गरेको थियो भने महानिर्देशक पाण्डेलाई विभाग परिसरबाटै पक्राउ गरेको थियो । आयोगले जनही रु १० लाख बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

आयोगले मंगलबारै सिँचाइ डिभिजन कार्यालय कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेलले सेवाग्राहीसँग रु ५० हजार घुस लिँदालिँदै केही दिनपहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

उता आयोगले मंगलबारै रु आठ हजार घुस रकमसहित जिल्ला प्राविधिक कार्यालय सिराहामा कार्यरत इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ । एक प्राविधिक प्रतिवेदन बनाउने क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ । रासस