२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महेन्द्रनगरमा अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ सुरु


0
Shares

शुक्लाफाँटा एकता समाजको आयोजनामा स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मन्त्रका साथ नेपाल–भारत दंगल कुस्ती रेस्लिङ प्रतियोगिता शुरु भएको हो ।

शुक्लाफाँटा एकता समाज नेपालका संयोजक धर्म बहादुर शाहीले कुस्ती खेलको संरक्षण र नेपाल भारत मैत्रीत्वलाई खेलकुदका माध्यमले अझै प्रगाढ सम्बन्ध बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा नेपालका २० जना र नेपालका तर्फवाट ५ जना गरी २५ जनाको सहभागिता रहेको छ । जसमा ५ जना महिला कुस्तीवाजको समेत सहभागिता रहेको छ ।