
साउदी राजा सलमानको सरकारी निवास यमामाह दरबार लक्षित गरी यमनी हुथी विद्रोहीले प्रहार गरेको उक्त क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले आकासमै नष्ट गरिदिएको जनाइएको हो ।
साउदी अरबको राज्य सन्चालित टेलिभिजनले गठबन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्नुपूर्व नै साउदी नागरिकले आकासमा विस्फोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका थिए ।
साउदी अरबको बजेटलाई यामामाह दरबारबाट राजा सलमानले सार्वजनिक गर्ने प्रचलनअनुसार सार्वजनिक गर्ने तयारी भइरहेका समय साउदीस्थित फ्रान्सेली समाचार संस्था (एएफपी) संवाददाताले ग्रीनविच समयअनुसार विहान १० बजेर ५० मिनेटमा विशाल आवाजसहित आकासमा विस्फोट भएको सुनेको बताए ।
यसैबीच, यमनी हुथी विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट मंगलबार आफ्नो समूहले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको पुष्टि गरेका छन् । अब्दुल्लाह सलामले ट्वीट गर्दै ‘भोल्कानो एच–२’ नामक क्षेप्यास्त्रको प्रयोग गरिएको बताए ।
उनले यामामाह दरबारप्रति लक्षित गरी यमनी सिया समूहद्वारा क्षेप्यास्त्र छोडिएको बताएका हुन् । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्