Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


एपिएफ राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा


0
Shares

पोखरा । एपिएफ क्लब पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा उक्लेको छ ।

नेपाल भलिबल संघको आयोजना भएको आरबिबि एनभिए राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा एपिएफले ढोरपाटन र हेल्प नेपाललाई हराउँदै  १४ अंक सहित शीर्षस्थानमा उक्लिएको हो ।

त्यस्तै आज भएको अर्को खेलमा आर्मीले नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई हराएको छ ।

आर्मीले पुलिसलाई सोझो सेट र मणिमुकुन्दलाई ३–२ को सेटले हराउदै ५ खेलबाट १२ अंक जोडेको छ ।

त्यसैगरी बुधबार नै भएको अर्को खेलमा नयाँ बजार समाज क्लबले जाउलाखेल क्लबलाई सोझो सेटमा हरायो ।

प्रतियोगितामा नेपाल पुलिसको पाँच खेलबाट १० अंक रहेको छ ।