२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


अमेरिकामा कर प्रणालीमा व्यापक फेरबदल


0
Shares

कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने दाबी गरिएको विधेयक पारित हुनु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पहिलो महत्वपूर्ण उपलब्धि मानिएको छ ।

कर प्रणालीमा गरिएको परिवर्तनले मध्यम वर्गलाई मद्दत गर्ने रिपब्लिकनहरुले दाबी गरिरहँदा डेमोक्र्याट्सहरुले भने यो कानुन धनीको पक्षपोषणका लागि ल्याइएको भन्दै विरोध गरेका छन् ।

सिनेटको ५१ जना पक्ष तथा ४८ जना विपक्षमा रहेको विधेयक मंगलबार प्रतिनिधिसभाबाट २२७ मतका साथ पारित भएको थियो ।

राष्ट्रपति ट्रम्पले विधेयकलाई देशका लागि क्रिसमसको उपहार भनिरहँदा उनकै पार्टी रिपब्लिकनका १२ सांसदले भने तल्लो सदनमा कटू आलोचना गरेका थिए ।

नयाँ व्यवस्थामा ठूल्ठूला व्यापारिक कम्पनीले तिर्दै आएको करको दर ३५ बाट २१ प्रतिशतसम्म स्थायीरुपमा कटौती गरिएको छ ।

मत सर्वेक्षणहरुले अमेरिकी मतदातामाझ विधेयक अलोकप्रिय रहेको देखाएपनि ट्रम्पले आफ्नो चुनावी वाचानुरुप नै सदनबाट पारित गराएका हुन् । (एजेन्सी)