Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


मन्त्रीहरुलाई ओलीले दिए चेतावनी (भिडियोसहित)


0
Shares

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा काठमाडौंबाट नवनिर्वाचित प्रतिनिधिहरुलाई शुभकामना दिन बुधबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले सरकार गठन प्रतिनिधिसभाको काम भएको भन्दै केही दिनमै नयाँ सरकार बन्ने दाबी गरे ।

उनले सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको भन्दै राष्ट्रपतिलाई विवादमा नतान्न चेतावनी पनि दिए ।

कामचलाऊ सरकार र सरकारका मन्त्रीहरुलाई नैतिक सीमाभित्र बस्न र हैसियत बुझेर बोल्नसमेत उनले चेतावनी दिए ।

उनले अब बन्ने सरकारले भ्रष्टाचारमा संलग्न राजनीतिज्ञ, कर्मचारी र व्यापारी कसैलाई नछाड्ने भन्दै भ्रष्टाचारविरोधी अभियान चलाउने पनि बताए ।

यस्तै, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कांग्रेसले आफू सत्तामा भइन्जेलमात्रै लोकतन्त्र देख्ने भन्दै कानुनी जटिलता झिकेर सत्ता हस्तान्तरणमा व्यवधान गरे कांग्रेसले थप अनिष्ट व्यहोर्नुपर्ने चेतावनी दिए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले युगको मागअनुसार वाम गठबन्धन अघि बढ्ने र मुलुकको विकास निर्माणमा लाग्ने बताए ।

भिडियो हेर्नुहोस्