
टाखीडाँडा जंगलमा टोखा नगरपालिका–१ झोर, महाँकाल बस्ने दुर्गा दुलालमाथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले जंगलमा लुकेर बसेको अवस्थामा एकथान भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ बस्ने सुनिल तामाङ, सुसान तामाङ, विजय तामाङ र अंकित तामाङ छन् ।
गोली प्रहारको सूचनालगत्तै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय नगर प्रहरी कार्यालय, भृकुटीमन्डप, महानगरीय प्रहरी वृत्त, बालाजु र महाराजगन्जबाट प्रहरी टोली परिचालन भइ जंगललाई घेरा हालेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुलालको बायाँ कुममा गोली लागेको छ र उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । दुलालको अवस्था खतरामुक्त रहेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्