२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


अमेरिकाबाट अर्बौ सहयोग लिने अनि अमेरिकाविरुद्ध मतदान गर्नेलाई ट्रम्पले दिए ‘धम्की’


0
Shares

ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघमा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता नदिने देशहरुको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका हुन्े ।

उनले अमेरिकाबाट अर्बौं डलर सहयोग लिने तर अमेरिकाविरुद्ध नै मतदान गर्नेहरुलाई त्यत्तिकै नछाड्ने बताए ।

राष्ट्र संघमा अमेरिकाविरुद्ध मतदान गरे पनि फरक नपर्ने भन्दै उनले त्यस्ता मुलुकको सहयोग रोक्ने स्पष्ट पारे ।

अन्तर्राष्ट्रिय समुदायको आलोचनाका बीच हालै अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए ।

अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा संयुक्त राष्ट्र संघमा पुगेको प्रस्तावमाथि मतदान हुनुपूर्व ट्रम्पको चेतावनी आएको हो ।

राष्ट्र संघमा पुगेको प्रस्तावको मस्यौदामा अमेरिकाको नाम उल्लेख नगरी जेरुसेलमका विषयमा हुने कुनै पनि निर्णय रद्द गर्नुपर्ने उल्लेख छ ।