
धादिङ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारको सुरुवाती बर्षमा केही अप्ठ्याराहरु भएपनि आफ्नो सरकार अहिले ट्र्याकमा हिड्न थालेको बताएका छन् ।
धादिङको सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अबको केही समयमै विकास र समृद्धिको क्षेत्रमा प्रदेश सरकारले गरेका कामहरु देखिने दावी गरे ।
बाँकी ४ वर्षमा विकास र समृद्धिका लागि खुलेर काम गर्ने उनको भनाइ थियो । १३ वटा पालिका रहेको धादिङमा आफ्नै भवन बनाउने सिद्धलेक गाउँपालिका पहिलो हो ।
करीब १ करोड ८७ लाख ७९ हजार रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्