प्रधानमन्त्रीले राजीनामा दिनोस् : सापकोटा, एमालेले अहंकार देखायो : महत • Image Khabar Image Khabar


प्रधानमन्त्रीले राजीनामा दिनोस् : सापकोटा, एमालेले अहंकार देखायो : महत


Imagekhabar
६ पुष २०७४, बिहीबार १८:५५

प्रधानमन्त्रीले राजीनामा दिनोस् : सापकोटा, एमालेले अहंकार देखायो : महत

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले प्रधानमन्त्रीको एउटा राजीनामाले अहिलेको गतिरोध अन्त्य हुने भएकाले जनमतको सम्मान गर्दै राजीनामा दिन आग्रह गरे ।

सोही साक्षात्कारमा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपतिले अध्यादेश तत्काल स्वीकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने चेतावनी दिए ।

अहिले बहुमत ल्याएर नेकपा एमालेले अहंकार देखाएको भन्दै उनले कांग्रेसले एकल संक्रमणीय व्यवस्थाको वकालत गर्‍यो भनेर आरोप लगाउनु नै गलत भएको बताए ।

यस्तै, एमाले नेता पार्वत गुरुङले अहिलेको सरकारले सत्ता लम्ब्याएर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्