Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


भीमा पुनको ‘हाम्रो माया हुन्छ ब्लकबष्टर’मा दमदार डान्स(भिडियो)


0
Shares

काठमाडौं । आधुनिक, लोक तथा पप गायिका भीमा पुनको ‘हाम्रो माया हुन्छ ब्लकबष्टर’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीत आर.केसी डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा प्रमोदको डिजीको शब्द संगित छ भने भीमा पुन र प्रमोद डिजीको आवाज रहेको छ ।

गीतमा संगित संयोजन डोलराज बाह्रघरे मगरको रहेको छ । यस गीतको भिडियोमा द ह्याप्पी क्रयूको अभिनय रहेको छ ।  म्युजिक भिडियो निर्देशन अरुण बिश्वकर्माले गरेका छन् ।

अडियो ग्यालेक्सी म्यूजिक प्राली काठमाडौंद्वारा सार्वजनिक गरिएको यस गीतमा रामु चौधरी आर केसीले छायाकंन तथा सम्पादन गरेका छन ।