
काठमाडौं । स्थानीय तहमा खटिएका शिक्षा सेवा समुहका कर्मचारीले कर्मचारी समायोजन अध्यादेशको विरोध गरेका छन् ।
उनीहरुले सरकारले एउटै जिल्लामा ९ जनासम्म उप सचिव पठाएको भन्दै विरोध गरेका हुन ।
शिक्षा मन्त्रालयले गत असोज २६ गते १ सय ६६ जना उपसचिवलाई सरुवा गरेको थियो ।
जसमा धेरै कर्मचारी खटाइएको ठाउँमा अझै गएका छैनन् ।
नवलपुर जिल्लाको देवचुली नगरपालिकामा खटाइएका ईश्वरीप्रसाद पोखरेलले सरकारले न्यायपूर्वक कर्मचारी समायोजन नगरेका कारण आफु खटाइएको ठाँउमा नगएको दाबी गरे ।
उपसचिव तहकै व्यक्ति मातहअत रहेर काम गर्नु परेकाले आफुलाई त्यो मान्य नभएकाले कार्यक्षेत्रमा नगएको उनको भनाइ छ ।
सरुवा गर्दा सरकारले योग्यता, वरिष्ठता केही नहेरेको पोखरेलको आरोप छ । शिक्षा मन्त्रालयले २ सय ४५ वटा नगरपालिकामा उपसचिव पठाएको छ ।
तर प्रशासन र प्राविधिक क्षेत्रका उपसचिवलाई पनि नगरपालिमा नै पठाएका कारण हाल समस्या भएको हो ।
प्रतिक्रिया दिनुहोस्