शहरका विभिन्न भागमा गरिएका फोहोर सफा नगरिएपछि निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई लोकतान्त्रिक आचरण अनुशरण गर्दै त्यस्ता सामग्री सफा गर्न भनेको छ ।
निर्वाचनका बेला प्रयोग भएका झण्डा, पोष्टर, पर्चालगायतका सामग्री अझैपनि शहरको यत्रतत्र झुण्डिएको देख्न सकिन्छ । वातावरण नै कुरुप हुने गरी टाँगिएका र टाँसिएका त्यस्ता फोहोर सफा नगर्नु निर्वाचन आचारसंहिताको पनि उल्लंघन हो ।
निर्वाचन आयोगले पनि सबै दललाई आफ्नो दायित्व पूरा गर्न पटक पटक आग्रह गर्दै आफूसम्बद्ध निर्वाचन प्रचारका सामग्रीको फोहोर सफा गर्न निर्देशन दिइसकेको छ ।
निर्वाचन सकिएको दुई साता हुँदा पनि उम्मेदवार र राजनीतिक दलहरुले गम्भीरता देखाएका छैनन् । शहरको सुन्दरतालाई नै बिगारिदिँदा पनि सम्बद्ध दल र उम्मेदवारले चासो नदिएकामा स्थानीय पनि रुष्ट देखिन्छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्