४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


फौजदारी संहितालाई संशोधन गरी समृद्ध बनाउछौंः मन्त्री ढकाल


0
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले फौजदारी संहितालाई संघीय संसदको हिउँदे अधिवेशनबाट संशोधन गरी समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कानुन समाजले आज काठमाण्डौंमा आयोजना गरेको दुई दिने गोष्ठिको उद्घाटन गर्दै मन्त्री ढकालले फौजदारी संहिताप्रति व्यक्ति, समाज र संघसंस्थाले राखेको सरोकारलाई संबोधन हुनेगरि सरकारले संशोधन प्रक्रिया अघि बढाइरहेको जानकारी दिए ।

मन्त्री ढकालले कानुन मन्त्रालय नयाँ कानुनहरु निर्माण गर्ने चापमा रहेको भन्दै संविधान अनुकूलका कानुन निर्माण गर्ने कामलाई सम्पन्न गर्न सरोकारबाला सवै पक्षलाई सहयोग गर्न पनि आग्रह गरे ।

महान्यायधिवक्ता अग्नि खरेलले प्रभावकारी कानुन सम्पादन र अभियोजनले नै जनताको अधिकार स्थापित हुन सक्ने बताए ।

उनले फौजदारी अपराधसंग सम्बन्धित मुद्दाको सम्पादन एवं अभियोजन गर्दा व्यक्तिको मौलिक हक कुण्ठित हुन नदिन न्यायालय जिम्मेवार हुनुपर्ने बताए ।