मन्त्री गौतमले प्रधानमन्त्री शेरवहादुर देउवाले उपयुक्त वातावरण मिलाएर कुर्सी छोड्ने तयारी गरेको जानकारी दिए ।
उनले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले एमाले–माओवादी केन्द्रबीच एकता होस् भन्ने शुभकामना पनि दिए ।
राष्ट्रपतिसमक्ष रहेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले विधिसम्मत, प्रक्रियागत र संवैधानिक रुपमै प्रस्तुत गरेको उल्लेख गर्दै गौतमले यसलाई अनावश्यक किसिमले लम्ब्याउने काम गर्न नहुने बताए ।
निर्वाचनपछिमात्रै संघीय संसदले पूर्णता पाउने भएकोले यसलाई तत्काल जारी गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्