शुक्रबार प्रेस युनियनले विराटनगरस्थित कोइराला निवासमा गरेको कार्यक्रममा उनले एक हप्ताभित्र केन्द्रीय समितिको बैठक नबोलाए हस्ताक्षर अभियान संकलन गर्न आफूहरु बाध्य हुने चेतवानी दिए ।
पार्टी संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको सांगठनिक संरचना बनाउनुपर्नेमा जोड दिँदै कोइरालाले ‘कांग्रेसलाई अब टोल–टोलसम्म पुर्याउनुपर्छ’–भने ।
कांग्रेसले अबको पाँच वर्ष रचनात्मक विपक्षीको भूमिका निर्वाह गर्ने र पार्टीको संगठनलाई सुदृढ गर्नेभन्दा अन्यत्र ध्यान दिन नहुने उनको भनाइ थियो ।
पार्टीबाट अन्तर्घात भएकाले आफू निर्वाचनमा पराजित भएको दाबी गर्दै उनले अन्तर्घातीहरुलाई बहिस्कार गर्नुपर्ने पनि बताए ।









प्रतिक्रिया दिनुहोस्