Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


ग्यास उद्योग आगलागी घटनाको छानबिन गर्न समिति गठन


0
Shares

नेपालका प्रचलित कानूनको अधीनमा रही घटनास्थलको स्थलगत अध्ययन, स्थानीय प्रशासन तथा स्थानीय बासिन्दासँग छलफलसमेत गरी सत्यतथ्य पत्ता लगाउने तथा दुर्घटनाको कारण पत्ता लगाई दोषीमाथि कारबाहीको सिफारिस गर्ने र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षाका उपायका बारेमा राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न सो समिति गठन गरिएको हो ।

उद्योगमा बुधबार भीषण आगलागी हुँदा तीनजनाको ज्यानसमेत गएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक संयोजक रहने सो समितिमा उद्योग विभागका उपसचिव (प्राविधिक), नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक उपसचिव (प्राविधिक), नेपाल आयल निगमका निर्देशक (एलपिजी विभाग) तथा नेपाल आयल निगमका प्रबन्धक (एलपिजी विभाग) सदस्य रहेको आपूर्ति मन्त्रालयलका सहसचिव÷प्रवक्ता मुकुन्दप्रसाद पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस