Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


रेशम चौधरीलाई प्रमाणपत्र दिन राजपाको माग


0
Shares

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले चौधरीको प्रमाणपत्र वारेसमार्फत प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाबारे छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनले प्रतिवेदन तथा अदालतबाट चौधरी दोषी देखिएमा कानूनअनुसार सजाय हुने बताए ।

गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा चौधरी ३४ हजार ३४१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नवनिर्वाचित सांसद चौधरीकी श्रीमती रञ्जिताले आयोगले उम्मेदवारी लिएपछि जनताको परिणामलाई स्वीकार्नुपर्नेमा जोड दिँदै प्रमाणपत्र वितरण गर्ने दायित्व आयोगकै भएको बताए ।

टीकापुर थारु संघर्ष समितिका संयोजक रामबहादुर बुढा ऐर, सदस्य फागुराम चौधरीलगायतले टीकापुर घटना दुःखदायी र राजनीतिक भएको बताउँदै जननिर्वाचित चौधरीलाई तत्काल प्रमाणपत्र प्रदान गर्न आग्रह गरे । रासस