ललितपुरस्थित पार्टी उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता, नयाँ सरकार गठन र चुनावको समीक्षा भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
दुई पार्टी एकीकरणको विषयलाई औपचारिकता दिनमात्रै बाँकी रहेको निष्कर्ष निकालिएको पनि भट्टराईले बताए ।
उनले त्यसका लागि एमाले र माओवादी केन्द्रबीच छिट्टै बैठक बस्ने बताए । पार्टी एकता गर्नमा अब कुनै प्रलयले पनि नरोक्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्