२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


फिलिपिन्समा समुद्री आँधीबाट १०० भन्दा बढीको मृत्यु


0
Shares

‘टेमबिन’ नाम दिइएको उक्त आँधीमा परी सयभन्दा बढीको मृत्यु हुनुका साथै धेरै मानिस हराइरहेका फिलिपिन्सको प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ ।

‘मिन्दानाओ’ टापुका विभिन्न क्षेत्रमा आँधीका कारण पहिरो गएको छ । आँधीबाट सबैभन्दा बढी प्रभावित ‘टुवोद’ र ‘पिआगापो’ सहरका धेरै घरहरु ढुंगाले पुरिएका छन् । विद्युत सेवा र सन्चार सेवा अवरुद्ध भएका कारण उद्धारमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकोप व्यवस्थापन कार्यालयका अनुसार ८० किलोमिटर प्रति घन्टाको गतिमा आएको उक्त आँधी दक्षिणी पालावन क्षेत्रतर्फ बढिरहेको छ । मध्य फिलिपिन्समा गत हप्तामात्र ‘काइटाक’ नामके आँधीका कारण धेरै नागरिकको ज्यान गएको थियो ।

यो क्षेत्रमा सन् २०१३ मा आएको आँधीका कारण ५ हजारभन्दा बढीको ज्यान गएको थियो । एजेन्सी