२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


लालुप्रसाद यादव जेल चलान, चारा घोटालामा दोषी ठहर


0
Shares

सीबीआइको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई दोषी ठहर गरेपछि विहार प्रहरीले उनलाई पक्राउ गरी होटवार जेल चलान गरिएको छ ।

अदालतले बहुचर्चित देवघर चारा घोटालामा नेता यादवलाई दोषी प्रमाणित गरेपनि उनलाई कस्तो सजाय हुने भन्ने आगामी जनवरी ३ मा फैसला हुने बताएको छ ।

अदालतले उनीसहित अरु १५ जनालाई देवघर चारा घोटालामा दोषी ठहर्‍याएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अदालत परिसरमा जम्मा भएका उनका कार्यकर्ता तथा समर्थकले केन्द्रीय सरकार तथा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)विरुद्ध नाराबाजी गरेका थिए ।

सन् १९९० देखि १९९४ बीचमा देवघर कोषगारबाट पशुलाई उपलब्ध गराइने दानामा ८९ लाख २७ हजार भारतीय रुपैयाँ अवैध ढंगले निकालेको आरोप यादवमाथि लागेको थियो । त्यस समय उनी बिहारका मुख्यमन्त्री थिए । अहिले यस घोटालामा करिब ९ अर्ब ५० करोड भारतीय रुपैयाँ हिनामिना भएको सीबीआइले उल्लेख गरेको छ ।

सन् १९९७ अक्टोबर २७ मा सीबीआइले लालुसहित ३८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । एजेन्सी