१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘विद्यार्थी संगठन बलियो भएमात्र कांग्रेस बलियो’


0
Shares

शनिबार राजधानीमा नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईको ९४औं जन्मजयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गरी कांग्रेसलाई बलियो बनाउन र सशक्त विद्यार्थी संगठन बनाउन अभियान सुरु गरिएको नेवि संघका नेता मनोजमणि आचार्यले जानकारी दिए ।

विद्यार्थी नेता आचार्यले विद्यार्थी संगठन बलियो भएमात्र नेपाली कांग्रेस बलियो हुने दाबी गरे ।

उनले संगठनको विधानभन्दा बाहिर रहेर गरेका निर्णयहरु सच्याइनुपर्ने माग गरे । सभापति एक्लैले गरेको स्वइच्छाचारी निर्णयहरु सच्चाउनका लागि दबाब सिर्जना गर्न अभियान सुरु गरेको उनको भनाइ छ ।

आचार्यले संगठनको विधि–विधानभन्दा बाहिर रहेर गरेका निर्णयहरु फिर्ता गरेर विद्यार्थी संगठनलाई अघि बढाउनुपर्ने बताए । मागहरु सम्बोधन नगरिए दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि उनले दिए ।