Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


संविधान नसच्याएसम्म सडक र सदनबाट संघर्ष : महतो


0
Shares

उनले मधेसको ‘जनादेश’अनुसार संविधान संशोधनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेको जिकिर गरे ।

शनिबार राजविराजमा आयोजित एक कार्यक्रममा नेता महतोले वर्तमान संविधान नसच्याएसम्म सडक र सदनबाट संघर्ष जारी राख्ने बताए ।

मधेसी दलहरु वाम गठबन्धनको सरकारमा सहभागी हुने कुरा हल्लामात्रै भएको भन्दै उनले मधेसको जनादेशविपरीत कुनैखाले सम्झौता नहुने उल्लेख गरे ।

सो अवसरमा सप्तरीको मलेठ घटनामा ज्यान गुमाएका सहिद परिवारलाई सम्मान गरिएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ र शुभकामना पनि दिइएको थियो ।