२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


फिलिपिन्सको एक सपिङ मलमा भीषण आगलागी, २५ जनाभन्दा बढीको मृत्यु


0
Shares

राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण पूर्वमा रहेको दाभाओको सपिङ मलमा आगलागी भएको हो ।

सपिङ मलको चौथो तलामा रहेको कल सेन्टरमा रहेका धेरै कर्मचारीको मृत्यु भएको हुनसक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कलसेन्टरमा फसेका कर्मचारीको जीवित रहने सम्भावना शून्य रहेको सरकारी अधिकारीले बताएका छन् ।

सपिङ मलभित्र फसेकाहरुको खोजी र उद्दार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच राष्ट्रपति रोड्रिगो ड्युटर्टले फसेका व्यक्तिका परिवाससँग भेट गरेका छन् । आगलागीको कारण थाहा भएको छैन ।  (एजेन्सी)