२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


जेलमा रहेका पेरुका पूर्वराष्ट्रपति फुजीमोरी अस्वस्थ, जेलबाटै अस्पताल लगियो


0
Shares

न्यून रक्तचाप र मुटुको चालमा गडबड भई अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । ७९ बर्षीय फुजीमोरी सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपतिको रुपमा सत्तामा थिए ।

सत्तामा रहँदा उनले मानव अधिकार हनन् गरेको अभियोगमा २५ वर्षको जेल सजाय तोकिएको थियो । सन् २००७ मा सत्ताको दुरुपयोग गरेको आरोपमा ६ बर्षको जेल सजाय पाएका फुजीमोरीलाई सन् २००९ मा पुनः मानवअधिकार हननको आभियोगमा २५ वर्षको जेल सजाय तोकिएको हो ।

उपचारका लागि फुजीमोरीलाई कारागारबाटै अस्पताल लगिएको हो । (एजेन्सी)