२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


पुटिनको प्रतिस्पर्धी नाभाल्नीको पक्षमा देशैभर समर्थन


0
Shares

उनीहरूले ४१ वर्षीय आकर्षक वकील नाभाल्नीलाई रसियाका विभिन्न बीस शहरमा भेटी राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नबाट नरोक्न निर्वाचन अधिकारीहरूमार्फत जिम्मेवार उच्च निकाय तथा अधिकारीलाई दवाव सिर्जना गरेका छन् ।

रसियाको राजधानीस्थित मस्को नदी किनारमा टेन्टमा जम्मा भएका सयौं समर्थककाबीच नाभाल्नीले भने, ‘म सम्पूर्ण रसियाको नेतृत्वका लागि राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन यहाँ उभिइरहँदा निकै गौरवान्नित महशुस भएको छु । म निकै खुशी छु ।’

नाभाल्नीले उक्त समूहलाई सम्बोधन गर्दै भने, ‘हामी जीत हात पार्न तयार छौँ र जित्नेछौँ ।’

रसियाको केन्द्रिय निर्वाचन आयोगका दुई अधिकारी पनि मस्कोमा भएको उक्त कार्यक्रममा उपस्थित रहेका नाभाल्नीको अभियानका सदस्यले बताए । (रासस/एएफपी)