
आयोगका अनुसार नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेलले साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेका थिए ।
सेवाग्राहीसँग घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले रु ३२ हजार घुससहित आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका नायब सुब्बा पोडैल र खरिदार पोख्रेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्