६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


म्यानयुका प्रशिक्षक मौरिन्हो बर्खास्त


0
Shares

काठमाडौं, पुस ३ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे मौरिन्हो बर्खास्तीमा परेका छन् ।

पछिल्लो समय म्यानयुले निरन्तर खराब प्रदर्शन गरेपछि पोर्चुगलका ५५ वर्षीय मौरिन्हो हटाइएका हुन् ।

लिगको आइतबार रातिको खेलमा म्यानयु लिभरपुलसित ३–१ ले पराजित भएको थियो ।

म्यानयु व्यवस्थापनले हेरचाहका लागि भन्दै एकजना प्रशिक्षक ल्याउने जनाएको छ ।

पूर्णकालीन प्रशिक्षक भने यो सिजनको अन्त्यमा ल्याउने विज्ञप्तिमार्फत् म्यानयुले जनाएको छ ।

साढे दुई वर्ष म्यानयुमा रहेर मौरिन्होले लिग कप र युरोपा लिग जिताएका थिए ।

म्यानयु जारी लिगमा छैटौं स्थानमा रहेको छ ।