
काबुलस्थित एक गुप्तचर निकायको कार्यालय परिसरमा गराइएको विस्फोटमा तीन जना घाइते भएका छन् ।
पैदलै हिँडेर आएका अज्ञात ब्यक्तिले गुप्तचर निकायका कर्मचारीलाई लक्षित गरी आत्मघाती बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् ।
अफगानिस्तानमा अघिल्लो महिना भएको तालिवानी आक्रमणमा दुई सय भन्दा बढी मारिएका थिए ।
गत मे मा मात्रै कुटनीतिक नियोगका कर्मचारीको आवासमा गराइएको बिस्फोटमा १ सय ५० जना मारिएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्